
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले नेपाल कम्युनिष्ट पार्टी नफुटने दावी गर्नुभएको छ ।
पाँचथरको फिदिममा शुक्रबार प्रेस संगठन पाँचथरले गरेको भेटघाट कार्यक्रममा उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गर्नुभएको हो ।
उहाँले शनिबार बस्ने सचिवालय बैठकबाट अहिले उठेका सवालको समस्या समाधान हल हुने दावी गर्नुभयो ।
सचिवालय बैठकबाट समस्या समाधान नभए स्थायी कमिटीमा लगेर भएपनि पार्टीमा उठेको मतभेदलाई टुंग्याउन सकिने बताउनुभयो ।
नेम्वाङले समयमा काम गर्न नसक्ने निर्माण व्यवसायीलाई कारवाही गर्न सरकार पछि नहट्ने बताउनुभयो ।
जिल्लाको राँके—रवि, भेडेटार सडकको कालोपत्रेका लागि काम सुस्त गतिमा भएको प्रति मन्त्रालयको ध्यानकर्षण भएको भन्दै उहाँले अब काम नगरे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम थालिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्