२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ट्रम्प ह्‌वाइट हाउस छाड्न तयार रहेको संकेत


0
Shares

Trump resject election result and power handover

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा पराजित भएपछि पहिलोपटक ह्‌वाइट हाउसबाट बाहिरिन तयार रहेको संकेत गर्नुभएको छ ।

इलेक्टोरल कलेजले डेमोक्रेटका उमेदवार जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति भएको पक्का गरे आफू पद छाड्न तयार रहेको उहाँले संकेत गर्नुभएको हो ।

ट्रम्पले अझै आफ्नो हार स्वीकारि सक्नु भएको छैन् । नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरी ट्रम्पलाई हराउनुभएको थियो ।

ट्रम्पले २३२ इलेक्टोरल भोट मात्रै ल्याउनुभएको थियो । अमेरिकामा राष्ट्रपतिमा जित्नका लागि २७० इलेक्टोरल कलेज भोट आवश्यक छ ।

बाइडेन अमेरिकी राष्ट्रपतिमा औपचारिक रुपमा निर्वाचित हुनका लागि भने आगामी महिना इलेक्ट्रोल कलेजहरुले चुन्नुपर्नेछ।

आगामी जनवरी २० देखि राष्ट्रपतिको कार्यभार ग्रहण गर्ने तयारीमा रहेका जो बाइडनेनसँग इलेक्टोरलहरुले अर्को महिना नै भेटवार्ता गर्ने बताइएको छ ।

ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कयौं ठाउँमा निवेदन दिनुका साथै कतिपय ठाउँमा पुन मतगणना गर्न आग्रह गर्नुभएको थियो । ती मध्ये कतिपय मुद्दाहरु खारेज भएका छन्। एजेन्सी