१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरमा एचआइभी एड्सका १३ जना नयाँ संक्रमित फेला


0
Shares

कञ्चनपुर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको संख्या बढ्ने देखिएको छ ।

कोरोनाका कारण रोजगारीमा रहेका व्यक्तिहरु घर फर्किने क्रम बढेसँगै कञ्चनपुरमा चार महिनाको अवधीमा एचआइभी एड्सका १३ जना नयाँ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा पछिल्लो पाँच वर्षमा एचआइभी एड्सका बिरामीको संख्या बढ्दै गएको देखिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा हालसम्म ५ सय ४९ जना एचआइभी संक्रमित फेला परेको जानकारी दिएको छ ।

गत वर्ष मात्र एचआइभी एड्सका ३३ जना नयाँ संक्रमित फेला परेका थिए ।

कोरोना महामारीका कारण थुप्रै मानिसहरु रोजगारीबाट फर्किएकाले पनि यो वर्ष एचआइभी एड्सका बिरामी बढ्ने सम्भावना बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

उहाँले भारतबाट काम गरेर फर्किने नेपालीमा यसको संक्रमण बढी देखएको बताउँदै यसरी फर्किएकाहरुको रगतको नमूना संकलन गरी जाँचअख गर्ने काम भइरहेको बताउनुभयो ।