
काठमाडौं, मंसिर १२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ ।
कोरोनाभाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षणमा २७ जना खेलाडीहरुलाई बोलाइएको छ ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपप्तान दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र वसन्त रेग्मीलाई कोरोना ‘पोजिटिभ’ देखिएकाले उनीहरु मैदानमा उत्रिएका छैनन् । थप छ खेलाडी ‘कन्ट्याक ट्रेसिङ’मा परेका कारण ‘आइसोलेसन’मा बसेका छन् ।
दोस्रो दिनको प्रशिक्षणमा रित गौतम पनि छन् । अरु खेलाडीहरु मैदान फर्किन केही दिन लाग्ने देखिएको छ ।
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण नौ महिनापछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्