७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


फुङलिङबासी वर्षाको धमिलो पानी पिउन बाध्य


0
Shares

ताप्लेजुङ । खानेपानीको उचित व्यवस्थापन नहुँदा ताप्लेजुङ सदरमुकामबासी बर्षाको धमिलो पानी पिउन बाध्य भएका छन् ।

हरेक वर्ष जस्तै यो वर्ष पनि फुङलिङबासी वर्षाको धमिलो पानी पिउन बाध्य भएका हुन ।

वर्षौदेखि उपभोग गर्दै आएको खानेपानीको मुहान व्यवस्थित र दिगो नभएकाले वर्षाको समयमा धमिलो तथा फोहोर पानी आउने गरेको छ ।

हिउँद र बर्षात दुबै समय फोहोर र भल मिसिएको पानी उपभोग गर्नु पर्दा  स्वास्थ्यमा समस्या आएको स्थानीयले बताएका छन् ।

खोल्साको पानीलाई जम्मा गरेर सदरमुकाममा वितरण गरिदै आएको उनीहरुले गुनासो गरेका छन् ।

नजिकै धारा तथा कुवा हुनेले बोकेर पिउँदै  आए पनि अन्यले भने धमिलो पानीलाई उमालेर वा फिल्टर गरेर पिउने गरेका छन् ।

पानी उमालेर पिउँदा पनि स्वास्थ्यमा समस्या आउने गरेको स्थानीयको भनाई छ ।

वर्षेनी धमिलो पानी पिउँदै आएका सदरमुकामबासीले यसको उचित व्यवस्थापन र विकल्पका बारेमा कोही पनि गम्भीर नभएको गुनासो गरेका छन् ।