
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सन्दीपले सामाजिक संजाल माफर्त आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका छन् ।
उनले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको पनि बताएका छन् ।
सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए । यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो ।
उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन् । ११ गतेबाट नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्