
प्यूठान । घरमै प्रसुती गराउँदा स्वास्थ्यमा जोखिम बढेको भन्दै दक्ष स्वास्थ्यकर्मीबाट मात्र प्रसुती गराउन प्रोत्साहनका लागि प्यूठान नगरपालिकाले सुत्केरीलाई कोसेली कार्यक्रम ल्याएको छ ।
असुरक्षित तरिकाबाट प्रसुती गराउँदा मातृ शिशुको मृत्युदर बढ्दै गएको भन्दै कम गर्न र पोषण सुधारका लागि पहिलो पटक कोसेली कार्यक्रम संचालनमा ल्याइएको हो ।
नगरपालिकाले असुरक्षित रुपमा हुने सुत्केरीलाई निरुत्साहित गरी संस्थागत सुत्केरी गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सुत्केरीसगँ कोशेली कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाइ १२ प्रकारका कोेशेली उपलब्ध गराउने गरेको छ ।
पालिकाले घरमै सुत्ुकेरी गराउँदा आमा र बच्चा दुबै जोखिममा पर्ने भन्दै त्यसलाई कम गर्न यो कार्यक्रम संचालनमा ल्याएको हो ।
नगरपालिकाले सस्थागत रुपमा सुत्केरी हुने महिलालाई कोसेलीमा एक क्यारेट अण्डा, सेनेटरी प्याड, एक बट्टा हर्लिक्स, नुहाउने तथा लुगाधुने साबुन, टुथपेष्टसहित १२ प्रकारका सामग्री कोशेलीका रुपमा उपलब्ध गराउने गरेको छ ।
हालसम्म नगरपालिकाले पालिकाका १० वटा स्वास्थ्य संस्थालाई दुई सय ५० जना बच्चा र आमालाई पुग्ने गरी कोसेली उपलब्ध गराइएको छ ।
घरमै सुत्केरी हुदा पोषण कमी हुने र जोखिम घटाउन यो कार्यक्रम सहयोगी हुनेछ । नगरपालिकाले कार्यबिधी तयार गरेर कार्यक्रम संचालनमा ल्याएको हो ।
पालिकाले प्रति सुत्केरी १ हजार २ सय ५३ रुपैंयाँ बराबरको कोशेली उपलब्ध गराउने छ ।
घरमै सुत्केरी हुुँदा हुने जोखिम र कुपोषणलाई कमी गर्न नगरपालिकाले लिएको नीति सहनिय छ ।
जसले गर्दा शुन्य होम डेलिभरी हुनेछ भने अर्काेतिर मातृ शिशु मृत्युदरमा कमी ल्याउन सहयोगी बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्