
चितवन । चितवन कारागारबाट दुई दिन अघि भागेका थनुवाको खोजी तीव्र पारिएको छ ।
कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले जबरजस्ती करणी मुद्दामा थुनामा रहेका उनको खोजी भइरहेको जानकारी दिनुभयो ।
उनी गत बिहीबार साँझ ५ बजेतिर कारागार कार्यालय चितवनबाट भागेका थिए ।
कालिका नगरपालिका–२ घर भएका ४८ वर्षीय रेशमलाल श्रेष्ठ फरार भएसँगै कारागारको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
कारागारको पर्खाल नाघेर भागेका उनको खोजी कार्य तीव्र पारिएको हो ।
प्रतिक्रिया दिनुहोस्