१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण थप दुई जनाको मृत्यु, दुवै जना मिर्गौलाका विरामी


0
Shares

बुटवल । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुमा थप एक–एक जनाको बुटवलमा मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

यही मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।