२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जनप्रतिनिधिहरुलाई नीति निर्माणमा ध्यान दिन आग्रह


0
Shares

काठमाडौं, मंसिर १३ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद र स्थानीय तहमा विस्तृत ऐन निर्माण भएपनि प्रदेशमा अझै निर्माण नभएकोतर्फ ध्यानाकर्षण भएको बताउनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाका सभामुख, उपसभामुखहरुको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले प्रदेशमा जतिसक्दो चाँडो विस्तृत ऐन निर्माणका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।

सभामुख सापकोटाले कतिपय कानुन संघमा बनेपछि प्रदेशमा बन्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो ।

नीति निर्माणमा ध्यान दिन आग्रह
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघ र प्रदेशका जनप्रतिनिधिहरुलाई बजेट बाँडफाँटभन्दा पनि नीति निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

संसद प्रभावकारी हुनलाई धेरै बजेट र विकासे योजनाहरु आवश्यक नपर्ने उल्लेख गर्दै उहाँले संसदमा आएका विधेयकहरुलाई परिमार्जन गरी कति राम्रो बनाउन सकिन्छ भन्नेमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

काठमार्डौंमा दुई दिनसम्म चलेको भेलाले प्रदेशसभा सेवा समूह गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।

प्रदेशसभाप्रति उत्तरदायी र जवाफदेही हुनेगरी कर्मचारीको व्यवस्था गर्न सेवा–सुविधा र शर्तसम्बन्धी छुट्टै कानुनी व्यवस्था गरी प्रदेशसभा समूह गठनका लाग आवश्यक पहल निर्णय भएको हो ।

संघीय संसद र प्रदेशसभाका लागि आवश्यक बजेट त्यहीँबाट तर्जुमा गरी वार्षिक बजेटमा समावेश गर्ने निर्णय भेलाले गरेको छ ।

कोभिड–१९ कै बीचमा संघीय संसद र प्रदेशसभा सञ्चालन गर्नुपर्ने अवस्था देखिएकाले स्वास्थ्य मापदन्ड अपनाएर जनतचेतना अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्ने निर्णय पनि गरिएको छ ।