
काठमाडौं, मंसिर १३ । सुनको मूल्य साताभरमा दुई हजार ७०० रुपैयाँले घटेको छ ।
आइतबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारसम्म तोलामा दुई हजार ७०० ले कमी आइ तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, साताभर चाँदीको भाउमा पनि तोलामा ४५ रुपैयाँले कमी आएको छ ।
आइतबार तोलाको १२ सय १० मा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियोे ।
अन्तर्राष्ट्रिय बजारमा पनि यस साता सुनको मुल्य प्रतिऔन्स ९० डलरले घटेको छ ।
गत शुक्रबार प्रतिऔन्स १८ सय ७८ डलरमा कारोबार भएको सुनको मूल्य गएको शुक्रबारसम्म ९० डलरले कमी आइ १७ सय ८८ डलर हाराहारीमा कारोबार भएको छ ।
कोरोनाविरुद्धको खोपको सकारात्मक समाचारले अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य घट्दा स्थानीय बजारमा पनि सुनको मूल्यमा कमी आएको महासंघले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको निवार्चनले विश्व अर्थतन्त्रमा पार्नसक्ने प्रभावका कारण पनि सुनको मूल्य अझै घट्नसक्ने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्