१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको लस एन्जलसमा प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा


0
Shares

लस एन्जलस, मंसिर १३ । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो ।

देशकै सबैभन्दा धेरै जनसंख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जलसमा आममानिसलाई भिडभाड गर्न रोक लगाइएको छ ।

भिडभाड हुने व्यापार–व्यवसाय पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ भने अन्य व्यापार–व्यवसायका लागि उच्च सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।

‘तीन हप्ताका लागि घरमै सुरक्षित’ भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागू हुनेछ ।

झन्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ ।

सार्वजनिक वा व्यक्तिगतरुपमा पनि कुनै घर–परिवारले भिडभाड तथा जमघट गराउन नपाइने कुरा पनि निर्देशनमा उल्लेख गरिएको छ ।

चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेहरुलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीहरुले जनाएका छन् ।

संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरुको भनाइ छ ।