१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तानसेन-बुटवल सडकखण्ड दैनिक चार घन्टा बन्द


0
Shares

पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आज(आइतबार)देखि पाँच दिनसम्म दैनिक चार घण्टा बन्द गरिएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरि दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहनेछ ।