
काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ ।
एक दिने भ्रमणका क्रमा आज(आइतबार) बिहान काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहांले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गर्नुभयो ।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उहाँले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताउनुभयो ।
चिनियाँ रक्षामन्त्री वेइले भ्रमण परिणाममुखी हुनेमा आफु विश्वस्त रहेको र कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भएको उल्लेख गर्नुभयो ।
नेपाल चीनको ६५ औं कुटनीतिक सम्बन्ध वर्षगाँठको अबसर पारेर चीनका स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ आज बिहान काठमाडौं आउनु भएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्ष पछि चीनबाट उच्चस्तरिय भ्रमण भएको हो ।
कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउनु भएका जनरल वेइ सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुनुहुन्छ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने बताइएको छ । उहां आजै फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्