१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आणविक वैज्ञानिक हत्या प्रकरण : इजरायलमाथि बदला लिने इरानको चेतावनी


0
Shares

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको हत्याप्रति निर्णायक जवाफ दिने स्पष्ट पारेको छ ।

इरानका शीर्ष नेताका सल्लाहकार कमल खराजीले आफ्ना वैज्ञानिकको हत्याराका पहिचान भएकाले उपयुक्त जवाफ दिने चेतावनी दिनुभएको हो ।

इरानले उक्त घटनामा इजरायलको मुख्य हात रहेको बताउँदै आएको छ । यसअघि पनि इरानले इजरायललाई सन् २०१० देखि परमाणु वैज्ञानिकहरुको हत्या गरेको आरोप लगाउँदै आएको छ ।

तर इजरायलले इरानको आरोप अस्विकार गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहरुले इरानको आरोपमा सत्यता नभएको टिप्पणी गर्नुभएको छ ।

इजरायलले उक्त आरोपको पुष्टि गर्नसमेत चुनौती दिएको छ । इरानले इजरायलमाथि सहजै आक्रमण गर्न नसक्ने कतयिले बताउँदै आएका छन् ।

इजरायलमाथि आक्रमण गरे अमेरिकाकसँगको सम्बन्ध बिस्तारमा समस्या हुने विश्लेषण गरिएको छ ।

सन् २०१८ देखि इरान र अमेरिकाबीच तनाव बढिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा आणविक गतिविधि बढेको भन्दै इरानमाथि प्रतिबन्ध लगाएसँगै थप तनाव बढेको हो ।

इरानका आणविक वैज्ञानिक मोहसेन फक्रिजादेशको २ दिनअघि हत्या भएको थियो ।(एजेन्सी)