
काठमाडौं । अर्जेन्टिनाका फुटबल खेलाडी म्यारोडोनाको मृत्यु प्रकरणमा विवाद भएपछि उनका निजी चिकित्सकमाथि छानविन थालिएको छ ।
प्रहरीले म्यारोडोनाका निजी चिकित्सक लियोपोल्डो लुकेको क्लिनिकमा छापा मारिएको हो ।
म्यारोडोनाका छोरीहरुले आफ्ना बुबालाई अन्तिम समयसम्म खुवाइएको औषधी र उपचार विधिमा आशंका व्यक्त गरेसँग चिकित्सकमाथि छानविन थालिएको बीबीसीले जनाएको छ ।
गत बुधबार म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आर्यर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस्