१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले भ्रष्टाचार र बेरुजु बढाएको आरोप


0
Shares

काठमाडौं । नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले एकलौटी गरेको, भ्रष्टाचार तथा बेरुजु बढाएको आरोप सोलखुुम्बुको नेपाली काँग्रेस लगाएको छ ।

खुम्बु पासाङल्हामू गाउँपालिका–४ खुम्जुङमा आइतवार आयोजित अन्तरक्रियामा विकासको प्रत्यक्ष अनुभूति नभएको भन्दै खबरदारी गर्ने निणय गरेको छ।

काङ्ग्रेस गाउँपालिका प्रवक्ता पासाङ शेर्पाका अनुसार वडा नं. २ मा ङिमादोर्जी शेर्पाको संयोजकत्वमा १३ सदस्सीय, वडा नं. ३ मा आङछिरिङ शेर्पाको संयोजकत्वमा १३ सदस्यीय, वडा नं. ४ मा छिरिङथुण्डु शेर्पाको संयोजकत्वमा २९ सदस्सीय र वडा नं. ५ मा लाक्पाग्यालजेन शेर्पाको संयोजकत्वमा ३९ सदस्सीय तरुणदल समेत गठन गरिएको छ ।

साथै नेकपाका ३८० जिम्मेवार नेता र कार्याकर्ता नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

थोरै जनसंख्या भएको यस क्षेत्रमा यतिका संख्यामा नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नु धेरै रामो भएको काँग्रेस नेताहरुको जनाएको छ ।

खुम्बुको लुक्लाबाट सुरु भएको तीन दिने कार्यक्रम नाम्चेमा समापन गर्दै काँग्रेस नेताहरुले डेढ लाख मास्क समेत वितरण गरेका थिए ।