२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपुरका क्रसर उद्योग मापदण्डविपरीत, कारवाही प्रक्रिया अगाडि बढाइने


0
Shares

नवलपुर । नवलपुरमा सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीको नेतृत्वमा भएको अनुगमनमा जिल्लाका १२ वटा क्रसर उद्योग मापदण्ड विपरीत भएको पाइएको हो ।

केहीले दर्ता विनै चलाएको र कतिपयले फर्जी बिल काट्ने गरेको पाइएको छ ।

क्रसर उद्योग कोही खोला तथा नदी किनारमा, राजमार्ग छेउछाउ, कोही विद्यालय, कोही जंगल नजिक, कोही सुरक्षा निकायका कार्यालय नजिकै सञ्चालनमा छन् ।

मापदण्ड विपरीत सञ्चालन क्रसर उद्योगलाई कारवाही गरीने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभएको छ ।

यता व्यवसायीहरूले नवलपुरमा सञ्चालित क्रसर उद्योग सुरुमा मापदण्डअनुसारकै रहेपनि अहिले नयाँ मापदण्ड अपनाउँदा त्यस्तो देखिएको दाबी गरेका छन् ।