
पोखरा, मंसिर १५ । कोरोनाका कारण पोखरामा थप पाँच संक्रमितकोे मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर–१३ की ७८ वर्षीया महिलाको मृत्यु भएसँगै पछिल्लो २४ घन्टामा यहाँ मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत् महिलाको सोमबार दिउँसो मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जाएको हो ।
आइतबारमात्र कोरोना पुष्टि भएकी उनलाई पहिलेदेखि नै निमोनियाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको बुलेटिनमा उल्लेख छ ।
गण्डकी प्रदेशमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १६० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्