२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा अस्पताल शिलान्यास


0
Shares

स्याङ्जा, मंसिर १५ । स्याङ्जाका चारओटा स्थानीय तहमा १५ शय्याको अस्पताल शिलन्यास गरिएको छ ।

भिरकोट, वालिङ र गल्याङ तीनओटा नगरपालिकामा सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अस्पतालहरुको शिलान्यास गर्नुभयो ।

मन्त्री अर्याललले आजको दिन स्वास्थ्य क्षेत्रका लागि क्रान्तिको दिन भएको बताउनुभयो ।

उहाँले आफू स्वास्थ्य राज्यमन्त्री हुँदा ल्याएको कार्यक्रम एक पालिका एक अस्पताल, एक वार्ड एक स्वास्थ्यचौकी अभियानको रुपमा रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा मुलुकभर एकैपटक ठूलो संख्यामा अस्पताल निर्माण सुरु भएको बताउनुभयो ।

अबको विकास पहुँचको आधारमा नभइ आवश्यकताको आधारमा हुने उहाँको भनाइ थियो ।

यसैगरी, हरिनाश गाउँपालिकाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा संघीय सांसद नारायण मरासिनीले शिलान्यास गर्नुभएको थियो ।