
काठमाडौं, मंसिर १५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौंको ऐतिहासिक नगरी खोकनामा रहेको रुद्रायणी मन्दिरको तत्काल पुनःनिर्माण थालिने बताउनुभएको छ ।
वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएकोे मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण चाड पूर्णिमा नाच अवलोकन गर्न सोमबार प्रधानमन्त्रीपत्नी राधिका शाक्यसँगै मन्त्री श्रेष्ठ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम खोकना पुग्नुभएको थियो ।
मन्दिर अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले पुरातात्विक र ऐतिहासिक नगरी खोकनाको मुख्य मन्दिरको जीर्णोद्वार तत्काल गरिने बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले खोकनाको ऐतिहासिक बस्तीलाई जोगाउन सरकारले बजेटको व्यवस्था गरिसकेको बताउनुभयो ।
यस्तै इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामग्री प्रयोग गरी निर्माण गरेर संरक्षण गर्नुपर्ने माग स्थानीयहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्