२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपाको शक्तिसंघर्षको कोपभाजनमा संसद बन्धक : डा. महत


0
Shares

काठमाडौं, मंसिर १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेकपाभित्रको शक्तिसंघर्षको कोपभाजनमा संसद बन्धक बनेको आरोप लगाउनुभएको छ ।

उहाँले सत्ताको लुछाचुँडीमा राज्यका संयन्त्र परेको तथा पाँचमहिने लामो बन्दाबन्दी र निषेधाज्ञा खुलेपनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्काउन नसकेर सरकारले जनतालाई झुक्याएको आरोपसमेत लगाउनुभयो ।

सोमबार नेपाल साँस्कृतिक संघका पदाधिकारीहरुसँको अन्तरक्रियामा डा. महतले संसदलाई बन्धक बनाएर सत्तासंघर्षको खेललाई व्यवस्थित गर्न सरकारको ध्यानकेन्द्रित भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजकसमेत रहनुभएका महतसँग साँस्कृतिक संघका पदाधिकारीहरुले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।