१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारको आलोचना गरेर कोरोनालाई परास्त गर्न सकिँदैन : स्वास्थ्यमन्त्री


0
Shares

चितवन, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गरेरमात्र कोरोनालाई परास्त गर्न नसकिने बताउनुभएको छ ।

चितवनको भरतपुर अस्पतालको हाताभित्र सरुवारोग सेवा भवन र आकस्मिक सेवा भवनको सोमबार शिलान्यास गर्दै उहाँले महामारीले कुनै जात, धर्म, नेता, जनता नचिन्ने भएकाले साझा शत्रुलाई आलोचना गरेर होइन, मिलेर परास्त गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ढकालले कोरोनाको ‘भ्याक्सिन’ ल्याउनको लागि सरकारले सबै तयारी पूरा गरेको पनि बताउनुभयो ।

उहाँले भ्याक्सिन ल्याउनका लागि कूटनीतिकतवरमा समन्वय भइरहेकाले चाँडै भ्याक्सिन आउने जिकिर गर्नुभयो ।

सातओटै प्रदेशमा सोमबार एकैसाथ ३९६ ओटा अस्पतालको शिल्यान्यास गरिनु ठूलो उपलब्धि भएको उहाँको भनाइ छ ।

निर्माण सुरु गरिएका अस्पतालहरु काठमाडौंको टेकुमा रहेको केन्द्रीय सरुवारोग नियन्त्रण अस्पतालसरहको सुविधासम्पन्न हुनेपनि उहाँले दाबी गर्नुभयो ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले सरुवारोग सेवा भवन २४ करोड र आकस्मिक सेवा भवन नौ करोड रुपैयाँमा निर्माण हुने जानकारी दिनुभयो ।