
काठमाडौं । युरोपियन राष्ट्र माल्दोभाबाट रुसी सेना फिर्ता गर्न राष्ट्रपति निर्वाचित माया स्यान्डुले माग गर्नुभएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै स्यान्डुले युक्रेनसँगको सिमामा तैनाथ रुसी सेना फर्काउनुपर्ने बताउनुभएको हो ।
रुसले भने स्यान्डुको माग अस्विकार गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरता खल्बलिने चेतावनी दिएको छ । कुनैपनि हालतमा सेना नफर्काउने क्रेमलिनको अडान छ ।
पृथक्तावादीहरुको सक्रियता रहेको युक्रेन र माल्दोभाको सीमा क्षेत्रमा रुसले शान्ति सेनाको नाममा ‘अपरेशनल ग्रुप अफ रसीयन फोर्स’ (ओजीआरएफ) तैनाथ गरिरहेको छ ।
नवनिर्वाचित राष्ट्रपति स्यान्डु भने रुसी सेना फिर्ता गरी यो क्षेत्रमा युरोपेली युनियनको शान्ति सेना खटाउने पक्षमा हुनुहुन्छ ।
उहाँको यो मागसँगै पूर्व सोभियत क्षेत्रमा रुससँग सम्बन्ध चिसिने देखिएको छ । ४८ वर्षिय स्यान्डु रुस विरोधी मानिनुहुन्छ ।
विश्व बैंकका पूर्व अर्थशाष्त्री स्यान्डुले एक महिना अगािड भएको निर्वाचनमा रुसी समर्थक वर्तमान राष्ट्रपति इगोर दोदोनलाई हराउनुभएको थियो ।
माल्दोभा सार्वभौमसम्पन्न स्वतन्त्र मुलुक भएकोले आफ्नो भूमिमा विदेशी सेना तैनाथ गर्न नदिने उहाँको जिकिर छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्