१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलाममा पर्यटन प्रवर्द्धनमा नयाँ परियोजना सञ्चालन


0
Shares

इलाम, मंसिर १६ । इलामको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेगरी नयाँ परियोजना सञ्चालनमा आएको छ ।

इलाम उद्योग वाणिज्य संघ इलामले दिगो रोजगारीका लागि सीप विकास परियोजना सञ्चालनमा ल्याएको हो ।

पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने होटलसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

होटलमा हाल दक्ष जनशक्तिबिना नै सञ्चालन भइरहेकाले परियोजना सञ्चालनपश्चात् ३२० जना दक्ष जनशक्ति उत्पादन हुने इलाम उद्योग वाणिज्य संघका महासचिव हेमन्त गौतमले जानकारी दिनुभयो ।

उहाँले होटल क्षेत्रमा आवासीय आतिथ्यता सत्कार र सेवा उपलब्ध गराउने जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँगको साझेदारीमा कामको थालनी भएको बताउनुभयो ।

१५ महिनासम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत् हालसम्ममा कार्यालय व्यवस्थापन कार्य भएको इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सरोकारवालासँग बैठक बसेर दक्ष जनशक्ति उत्पादनमा परियोजना सञ्चालन हुनेछ ।

परियोजना सञ्चालनका लागि तीन करोड २३ लाख ९७ हजार ६८५ रुपैयाँ विनियोजन भएको छ ।