
कमल थापा । फाइल तस्वीर ।
काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताउनुभएको छ ।
पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा उहाँले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभयो ।
पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्