१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणतन्त्रका साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्‍याएका कारण गणतन्त्र दुर्गन्धित: गुरुङ


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गणतन्त्रका सत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त नहुँने धारणा व्यक्त गर्नुभएको छ ।

बुधबार ट्वीट गर्दै नेता गुरुङले आफुहरुले गणतन्त्र ल्याएको तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्‍याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेको बताउनुभयो ।

उहाँले लेख्नु भएको छ, ‘हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेका छन् । गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुन सक्दैन ।’