
अपडेट
तनहुँ, मंसिर १७ । बुल्दी पुल उद्घाटन गर्न तनहुँको दमौली पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार व्यास नगरपालिका वडा नम्बर–१, तालघरेबाट पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पुल उद्घाटनका लागि जाँदै गर्दा झडप हुनसक्ने भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो ।
सत्तारुढ दल नेकपा र कांग्रेस कार्यकर्ताबीच पुल उद्घाटनका क्रममा झडप हुनसक्ने भन्दै प्रशासनले साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
दमौलीबाट नेपाली कांग्रेसका कार्यकर्तासहित करिब दुई किलोमिटरअगाडि पर्ने बुल्दी पुलमा निर्मित मोटरेबल पुलको उद्घाटन गर्न जानेक्रममा प्रहरीले वरिष्ठ नेता पौडेलसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो ।
नाराजुलुससहित गएका कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच भडपसमेत भएको थियो । झडपमा केही नेता–कार्यकर्ता घाइते भएका छन् ।
करिब तीन घन्टा नियन्त्रणमा लिएपछि प्रहरीले पौडेललाई छाडेको थियो ।
प्रतिक्रिया दिनुहोस्