१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानद्धारा परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने कानुन पारित


0
Shares

काठमाडौं । इरानले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने सम्बन्धी कानून पारित गरेको छ ।

इरानको संसदले नयाँ कानून पारित गरेसँगै उसले युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको छ ।

अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले आफू सो कानूनको विपक्षमा रहेको बताएका छन् । शीर्ष परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्या भएपछि नयाँ कानून ल्याइएको हो ।

उहाँको हत्यामा इजरायलको हात रहेको इरानको आरोप छ । तर इजरायलले यसबारे सार्वजनिक रुपमा केही बताएको छैन । एजेन्सी