
काठमाडौं । ट्राभल एजेन्सीका कारण रोजगारीका लागि कैलालीको टिकापुर नाकाबाट भारत गएका नेपालीहरु भारतको पलियाबाट नेपाल फर्केका छन् ।
बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिबाट टिकट लिएर भारत गएका एक सय ३० जना यात्रु अलपत्र परेका हुन् ।
भारतको ब्याङलोर पठाउने भन्दै ४ हजारको दरले टिकट काटेर पठाएपनि गाडी नपाएको भन्दै पलियाबाट फर्काएको यात्रुले बताएका छन् ।
यसअघि पनि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुनेलगायतका सहरका लागि भनेर पठाएका यात्रुहरु पलिया र पुनामा अलपत्र परेका थिए ।
ट्राभल एजेन्सीका सञ्चालक र कर्मचारी गरी अहिले करिब ३० जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।
आवश्यक अनुसन्धानपछि कारवाही अगाडी बढाइने कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनुप समशेर जवराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्