
जुम्ला । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि जुम्ला सदरमुकाम खलङ्गा बजार तीन दिनदेखि अन्धकारमय बनेका छन् ।
साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युत्गृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको हो ।
वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पु¥याइएको डिजेल प्लान्ट पनि थन्किएपछि स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताउनुभयो ।
आयोजनाको घुघुतीस्थित विद्युत्गृहमा रहेको यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा खलङ्गा बजार अन्धकार भएको आयोजनाले जनाएको छ ।
विद्युत्गृहको यन्त्र जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुई करोड ६३ लाखको आर्थिक सहयोगमा नयाँ यन्त्र जडानको काम शुरु गरेको थियो ।
समितिको कार्यालय खारेज भएपछि निर्माणको काममा पनि ढिलाइ भएको थियो । नयाँ यन्त्र जडान गरेको एक वर्ष नपुग्दै बिग्रिएपछि खलङ्गा बजार पुनः अँध्यारो बन्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्