
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवासमा बोलाउनुभएको हो ।
सह–महामन्त्री डा. प्रकाशरण महतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुव्र्यवहारलगायत विषयमा छलफल हुनेछ ।
बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता पौडेललाई तीन घण्टा नियन्त्रणमा राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्