१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै हेटौंडामा प्रदर्शन


0
Shares

हेटौंडा, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ ।

पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्‍यालीले नगरको परिक्रमा गरेको हो ।

प्रदर्शनकारीहरुले राजतन्त्र र हिन्दुत्वको माग गर्दै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका विषयमा चर्को नाराबाजी गरेका थिए ।

सहर परिक्रमापछि सिमाचोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो निभ्न नदिने बताए ।