१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय


0
Shares

congress meeting

काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष गर्ने भएको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले यही मंसिर २९ गते सोमबार सबै जिल्लामा सरकारविरुद्ध विरोध, र्‍याली तथा आमसभा गर्ने निर्णय गरेको छ ।

सरकार भ्रष्टाचार, अनियमिततामा रुमलिएको मात्र होइन, तनहुँ घटनाबाट मुलुकमा सर्वसत्तावाद लाद्न खोजेकाले विरोधका कार्यक्रम तय गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जाकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकमा कोभिड–१९ नियन्त्रणमा सरकारको उदासीनता र नागरिक आवाजको थलो संसद सञ्चालन गर्न सरकारलाई दबाब दिने निर्णय भएको छ ।

बुधबार तनहुँमा पुल उद्घाटनको विषयमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको घटनामा पार्टीको धारणा बनाउन सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाउनुभएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।