१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा दुर्घटना न्यूनीकरणका लागि छलफल


0
Shares

चितवन, मंसिर १९ । चितवनमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरु बढ्दै गएपछि न्यूनीकरणका लागि छलफल सुरु भएको छ ।

वाग्मती ट्राफिक प्रहरी कार्यालय रामनगरको आयोजनामा शुक्रबार चितवनको रत्ननगर नगरपालिकामा सरोकारवालाहरुसँग छलफल गरिएको हो ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको भएकाले पनि जिल्लाको पूर्वतर्फ बढी दुर्घटना हुने र अकालमै ज्यान गुमाउनेहरु बढेपछि छलफल गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सडक फराकिलो बनाउनुपर्नेदेखि ट्राफिक नियमको पालना गर्न हेलचक्र्याइँ गर्न नहुने बताएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका प्रमुखहरु, जनप्रतिनिधि, ट्राफिक प्रहरीलगायतको उपस्थिति रहेको थियो ।