२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अष्ट्रेलियाविरुद्ध भारत ११ रनले विजयी


0
Shares

काठमाडौं, मंसिर १९ । अष्ट्रेलियाविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा भारत विजयी भएको छ ।

भारतले शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टिमलाई ११ रनले हराएको हो ।

१६२ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सकेपछि भारत ११ रनले विजयी भएको हो ।

आक्रामक सुरुआत गरेपनि लगातार विकेट गुमाएपछि दबाबमा आएको अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए ।

भारतका युजभेन्द्र चहाल र टी नटराजनले समान ३/३ विकेट लिए ।

यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

लोकेश राहुलले ४० बलमा ५१ तथा रविन्द्र जडेजाले २३ बलमा अविजित रहँदै ४४ रन जोडे ।

अष्ट्रेलियाका मइसेस हेन्रिक्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

जितसँगै भारतले तीन खेलको टी–२० शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार सिड्नीमा हुनेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय शृंखलामा अष्ट्रेलिया २–१ ले विजयी भएको थियो ।