७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


‘कि सास देउ कि लास’


0
Shares

बर्दिया । बर्दियाका बेपत्ता पीडितको अवस्था पनि दयनिय छ । राज्यले आफूहरुलाई उपेक्षा गरेको भन्दै बेपत्ता परिवारले सास भए सास नत्र लास चाहियो भन्दै हारगुहार गरी रहेका छन् ।

२०५९ सालमा काम छ भनी रातिको समयमा बेपत्ता पारिएका आफ्ना श्रीमान मरे बाँचेको शिवा चौधरीलाई अझै अत्तोपत्तो छैन ।

बर्दियाको मानपुर टपराकी चौधरीका श्रीमान १७ बर्ष अघिदेखि बेपत्ता छन् । अहिले सम्म राज्यले उनको बारेमा कुनै जानकारी दिएको छैन् ।

शीवा जस्तै अर्कि बिक्रमपुरकी हिरा चौधरीको अवस्था पनि उस्तै छ । तीन छोराको लालन पालन, पठन पाठन र दैनिक ज्यालादारी बाट गुजारा गर्दे आए पनि पछिल्लो अवस्थामा उनी लालनपालन गर्न नसक्ने अवस्थामा पुगिसकेकी छन् ।

उनका श्रीमानलाई पनि राज्यले अहिलेसम्म बेवारीसे नै बनाइरहेको छ । कि सास कित लास चाहियो भन्दै बेपत्ता पारेकै दिनवाट राज्य पक्षले आफुहरुलाई उपेक्षा गरेको उनको गुनासो छ ।

बर्दियामा मात्रै सशत्र द्धन्दबाट ४४ जनाको अपहरण, ४ सय ४३ बिस्थापित, २ सय २४ बेपत्ता, ३ सय ७१ को मृत्यु र ५० जना घाइते भएको जिल्ला प्रशासन कार्यलयको तथ्याङ्क छ ।

जिल्लामा बेपत्ता आयोगले काम सुरु गरिसकेको र आयोगका सदस्य र द्धन्द पीडितहरुसँग छलफल गरेर काम अगाडि बढि सकेको बताउनु हुन्छ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी ।

सरकारी पक्षवाट विभिन्न आश्वासन दिने गरिए पनि यहाँका द्धन्द पीडीतहरु मान्ने पक्षमा छैनन ।

बेपत्ता परिवार तथा द्वन्दपीडितको नाममा उनीहरु जस्तै थुप्रै व्यक्तीको घरमा गएर मानव अधिकार संस्थाहरुले फोटो खिच्ने, लगत लिने काम भएपनी अवस्था जस्ताको त्यस्तै छ ।

विभिन्न आयोगहरु गठन गरेपनी आयोगले स्वःस्फूर्त काम गर्न नपाउनुले चुनौति थपेको छ । साथै राज्य पक्षबाट भने उचित सम्वोधन गर्न नसक्नु निकै दुखःदायी अवस्था हो । (भिडियो)