३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


भारतमा अज्ञात रोगका कारण १ सय ४० अस्पताल भर्ना, बिरामीको बारेमा अनुसन्धान थालियो


0
Shares

काठमाडौं । भारतको आन्द्र प्रदेशमा अज्ञात रोगका कारण भएका बिरामीको बारेमा अनुसन्धान थालिएको छ ।

भारतीय अधिकारीहरुका अनुसार अज्ञात रोगका कारण यसै हप्ता मात्र करिब १४० जना अस्पताल भर्ना भएका थिए ।

आन्द्र प्रदेशको इलुरुकामा वान्ता हुने र बेहोस हुने समस्या देखिएका बिरामीहरुको अस्पतालमा चाप रहेको छ ।

अधिकारीहरुले आपतकालीन अवस्थाका लागि सरकारी अस्पतालमा बेडहरु तयारी अवस्थामा राखिएको बताइएको छ ।

कोरोनाको महमारी जारी रहेका बेला नयाँ बिरामी देखा पर्दा व्यवस्थापन गर्न समस्या भएको बताइएको छ ।

बिरामीहरुको विभिन्न परीक्षण भएपनि रोगको पहिचान नभएको बताइएको छ । बीबीसी