१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दार्चुला ट्रक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत


0
Shares

दार्चुला, मंसिर २२ । दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका न्वालीका २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका गौकुराका स्काभेटर चालक धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगतडका चन्द्रसिंह विष्ट रहेका दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिनुभयो ।

आइतबार राति गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना३ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन भर्ताेला भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

ट्रक सडकबाट झन्डै १२० मिटर तल खसेको थियो ।