१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार दिइने


0
Shares

काठमाडौं, मंसिर २२ । तारकेश्वर नगरपालिकाले कोभिड–१९ ‘पोजिटिभ’ भई ‘होम आइसोलेसन’मा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ ।

नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरुप रकम दिइने भएको हो ।

कोरोना पोजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराइ प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताउनुभयो ।

हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन् । निको हुनेको संख्या एक हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सातजनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित २५० जना पुगेका छन् ।