
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र अमेरिकाको व्यापार सम्बन्ध स्थिर र स्वच्छ प्रतिष्पर्धामा हुनुपर्ने बताउनुभएको छ ।
उहाँले समस्या समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफ्नोे देश तयार रहेको पनि बताउनुभयो ।
विदेशमन्त्री यीले सम्बन्ध विस्तारका लागि सबै प्रकारका द्वन्द्व समाधान गर्न चीन तयार रहेको पनि स्पष्ट पार्नुभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वेइजिङमा चीन अमेरिका व्यापार परिषदको प्रतिनिधिमण्डलसँगको बैठकमा विदेशमन्त्री यीले चीनले अमेरिकासँग साझा चासोको विषयमा सहमति गरेर अघि बढ्न चाहेको बताउनुभयो ।
दुई ठूला अर्थतन्त्र भएका मुलुकको सम्बन्धले विश्वको अर्थतन्त्र नै प्रभावित हुने भन्दै विदेशमन्त्री यीले समृद्धि र आर्थिक वृद्धिदरमा थप योगदान दिन सकिने बताउनुभएको हो ।
उहाँले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदकको स्थायी सदस्यका रुपमा रहेका दुवै मुलुकले दीगो शान्ति र समृद्धिमा समान योगदान दिनुपर्नेसमेत बताउनुभयो ।
उहाँले अमेरिकाले अन्य देशहरुप्रतिको दृष्टिकोण स्पष्ट बनाए मात्र समस्या समाधान र सम्बन्ध सुधारमा सहयोग पुग्ने उहाँको भनाइ थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्