१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्वेता भन्छिन्, ‘माझी बस्तीलाई बिहेको मण्डप जस्तै सजाउँछु’


13
Shares

काठमाडौं । पहिलो विवाह भएको ६ वर्षपछि नायिका श्वेता खड्काले दोस्रो विवाह गर्नुभयो । श्वेताले काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयरत्न रावतसँग बिहे गर्नुभएको छ ।

अन्तत्वगोत्वा सिउँदो भरे उहाँले फेसबुकमा लेख्नुभएको छ । श्वेता विवाहमा निकै खुशी देखिनुभएको थियो ।

श्वेताको विवाहमा आफन्तमात्रै बोलाएर गर्ने भनिएपनि विभिन्न व्यक्तित्वहरु विवाहमा सहभागी हुन पुगेका थिए । श्वेताको विवाहलाई लिएर विभिन्न टिका टिप्पणीसमेत भएका छन् ।

धेरैले उहाँलाई नयाँ जीवनको थालनी गरेको भनेर बधाइ दिएका छन् । केहीले अभिनेता स्वर्गीय श्री कृष्ण श्रेष्ठको मान प्रतिष्ठा राख्न नसकेको भनेर आलोचनासमेत गरेका छन् ।

खड्काले २०७१ मा श्रीकृष्णसँग विवाह गर्नुभएको थियो । विवाहको एक महिनामा श्रेष्ठको निधन भएको थियो ।

सोमबार साँझ विवाह पछि फेसबुकमा स्टाटस लेख्दै श्वेताले जीवनको यो दोस्रो अध्याय पछि नेपाली सिने उद्योगलाई उच्च बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभयो, ‘मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ ।

मैले अझ धेरै काम गर्न बाँकी छ ।’ नायिका श्वेताले सिन्धुपाल्चोकमा एकिकृत माझी बस्ती निर्माण गर्दै हुनुहुन्छ । अभिनय बाहेक समाजसेवा र व्यवसायमा पनि खड्का सक्रिय हुनुहुन्छ ।

यस्तो छ श्वेताको स्टाटस

अनत्वगोत्वा स् मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत स् मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ(आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।