१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या


0
Shares

विराटनगर । मोरङमा शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।

५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको खड्काले जानकारी दिनुभयो । बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए ।

मृतकका भतिज महेश श्रेष्ठले काका राजेन्द्रको हत्या भएको जानकारी प्रहरीलाई गराएका थिए ।

श्रेष्ठको मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा हत्या भएको थियो । प्रहरी घटनास्थल पुग्दै रहेको प्रहरीले जनाएको छ ।