१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडनले लोयड अस्टिनलाई रक्षामन्त्रीमा छाने


0
Shares

एजेन्सी, मंसिर २३ । अमेरिकामा पहिलो पटक अफ्रिकन–अमेरिकन मूलका व्यक्ति रक्षा मन्त्रीमा नियुक्त हुने भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा मन्त्री छनौट गर्ने हुनुभएको हो ।

समाचार संस्था रोयटर्सलाई उधृत गर्दै अमेरिकी समाचार संस्थाहरुले जनाएअनुसार अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गर्नुभएको थियो ।

बाइडनले नियुक्त गर्नुभएमा अस्टिन अमेरिकी इतिहासमा यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी बन्नु हुनेछ ।

यस पदका लागि रक्षा विभागकी पूर्व उच्च कर्मचारी मिशेल फ्लोरनोयलाई पनि प्रवल दाबेदारका रुपमा लिइएको थियो ।

सन् २०१६ मा अवकास पाएका अस्टिनले पदभार ग्रहण गर्न अमेरिकी कंग्रेसको सहमति पाउनुपर्नेछ ।