
काठमाडौं । ताइवनमा अनिवार्य क्वारेन्टीनको नियम ८ सकेण्ड तोडेको कसुरमा एक जना फिलिपिनो नागरिकलाई ३५ सय डलर जरिवाना गरिएको छ ।
ताइवानको खाजासोङ शहरको होटलमा क्वारेन्टिनमा रहेका ती व्यक्ति ८ सेकेन्डका लागि आफनो कोठाबाट होटेलको करिडोरमा आएका थिए ।
होटेलका कर्मचारीले सिसिटिभी फुटेजमा उनी कोठा बाहिर निस्किएको देखेपछि स्वास्थ्य विभागमा खबर गरे ।
पछि स्वास्थ्य अधिकारीहरुले छानविन गर्दा उनले ८ सेकेण्ड क्वारेन्टीनको नियम तोडेको भेटियो । यही कसुरमा उनलाई ३५ सय अमेरिकी डलर जरिवाना गरियो ।
ताईवान विश्वकै कडा कोभिड नियम र मापदण्ड भएको मुलुकमध्येको एक हो । २ करोड ३० लाख जनसंख्या भएको ताईवानमा हालसम्म कोरोनाबाट ७ सय १६ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्