१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अक्सफोर्ड-एस्ट्राजेनेका बन्यो पहिलो कोरोना खोप निर्माता


0
Shares

काठमाडौं । कोरोना विरुद्धको खोप तयार पारिरहेको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले अन्तिम चरणको क्लिनिकल ट्रायलको नतिजा प्रकाशन गरेको छ ।

क्लिनिकल ट्रायलको नतिजा प्रकाशित गरेसँगै अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पहिलो खोप निर्माता बनेको सावित गरेको छ ।

प्रतिष्ठित स्वास्थ्य सम्बन्धि पत्रिका लैंसेटले प्रकाशित गरेको अध्ययनले उनीहरुले तयार पारेको खोप ७० प्रतिशत सुरक्षित रहेको छ ।

यसबीच बेलायत खोप कार्यक्रम सञ्चालन गर्ने पहिलो राष्ट्र बनेको छ । बेलायतले फाइजर बायोन्टेकको खोप उपयोग गरेपछि विश्वमै बेलायत खोप कार्यक्रम सञ्चालन गर्ने पहिलो राष्ट्र बनेको हो ।

अक्सफोर्ड खोप ग्रुपका निर्देशक प्रोफेसर एन्ड्रयु पोलार्डले आफूहरुले तयार पारेको खोप प्रभावकारी भएको भन्दै विश्वमा कोरोनाको खोप तयार पार्ने प्रतिस्पर्धा गर्नुभन्दा पनि कोरोना नियन्त्रणको प्रयास महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभयो । एजेन्सी