१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


७ वटै प्रदेश श्रमिक सूचना बैंक स्थापनाको तयारी


0
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले बेरोजगारको लगत संकलन गर्न ७ वटै प्रदेश सूचना बैंक स्थापनाको तयारी गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ वटै प्रदेशमा श्रमिक सुचना बैंक स्थापना गरी बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारीमा जोड्ने कार्यक्रम घोषणा गरेको थियो ।

यसै अनुसार श्रम मन्त्रालयले चालु आर्थिक वर्ष भित्रै सक्ने गरी ७ वटै प्रदेशमा श्रमिक सूचना बैंक स्थापना गर्ने तयारी थालेको हो ।

सो केन्द्र मार्फत बेरोजगार नागरिकलाई रोजगारीका लागि तालिम समेत दिइने मन्त्रालयले जनाएको छ ।

विभिन्न औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका सिपयुक्त र सीप नभएका श्रमिकलाई एकत्रित तथा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत समेट्ने गरी मन्त्रालयले तयारी थालेको श्रम मन्त्री रामेश्वर राय यादवले जानकारी दिनुभयो ।

श्रमिक सूचना बैंकमा दर्ता भएका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याइने मन्त्री यादवले बताउनुभयो ।

श्रम मन्त्री यादवले १ वर्षे कार्यकालको अवधिमा विभिन्न कार्यक्रम तय गरेपनि कोरोनाका कारण पूरा हुन नसकेको पनि बताउनुभयो ।