
काठमाडौं । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई चार दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन सरकारले निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।
चार दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले छात्रवृत्तिमा एम.डी, एम.एस र एम.डि.एस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो ।
मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान – वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल – महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – धरानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाअनुसार खटाएको अस्पतालमा जान भनेको हो ।
प्रतिक्रिया दिनुहोस्