
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका दुवै अध्यक्षले आ–आफ्नो जिम्मेवारी पूरा नगर्दा पार्टीमा विवाद बढेको बताउनु भएको छ ।
आज पाल्पामा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले दुवै अध्यक्षलाई फरक फरक जिम्मेवारी तोकिएपनि एक अर्काको जिम्मेवारीमा चासो दिँदा विवाद बढेको दाबी गर्नुभएको छ ।
मुख्य मन्त्री पोखरेलले महाधिवेशन सम्म सहमतिमा काम गर्ने नियम विपरित सहमतिलाई समिकरणमा परिणत गर्न खोज्दा पनि पार्टीमा विवाद बढेको बताउनुभएको छ ।
उहाँले पार्टीको तल्लो तहसम्म आइपुग्दा पार्टी एकताको आधार नै भत्किने भएको सहमती बाटै निकास खोज्नु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले पार्टी एकताको आधार कार्यकर्ता भएकाले केन्द्रमा नेताहरु झगडा गर्दैमा तल्लो तहका कार्यकर्तालाई नेताहरुको पछि नलाग्न सुझावसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्