
परासी, मंसिर २४ । विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका राजावादीहरुले बुधबार पश्चिम नवलपरासीमा पनि प्रदर्शन गरेका छन् ।
हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै बर्दघाटबाट निस्केको मोटरसाइकल जुलुस भूमही, सुनवल हुँदै सदरमुकाम परासीमा आएर सभामा परिणत भएको थियो ।
सभामा शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दुराष्ट्रको विकल्प नभएकोमा जोड दिनुभयो ।
सभामा राप्रपाका जिल्ला नेता रामभवन यादव, शिवसेना नेपालका जिल्ला संयोजक उपेन्द्र गौतम, रमेश श्रेष्ठलगायतले वर्तमान राज्य व्यवस्थाबाट जनताहरु आजित भएको भन्दै राजसंस्था पुनःस्थापनाप्रति जनताको सहभागिता बढ्दै गएको दाबी गरेका थिए ।
प्रदर्शनमा युवाहरुको उल्लेखनीय सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्